उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको उद्धारमा लाग्न परराष्ट्रमन्त्रीको निर्देशन


काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढीपहिरोमा परेर बेपत्ता भएका नेपालीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु गरेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले बाढीमा केही नेपाली बेपत्ता भएको खबरले आफूलाई दुःख लागेको जनाउँदै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएको बताएकी हुन् ।
उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना पनि प्रकट गरेकी छन् ।
Facebook Comments