गुटबन्दी गर्नेलाई कारबाही गर्नेसहित माओवादीको ११ बुँदे सर्कुलर

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/xhrxgfsf.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सङ्गठन निर्माण र विस्तारका लागि ११ बुँदे निर्णयसहितको सर्कुलर जारी गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार जारी गरिएको यो सर्कुलर प्रदेश अध्यक्षहरूलाई प्राप्त भइसकेको छ ।

सर्कुलरमा पार्टीका सङ्गठित सदस्यहरूलाई सेल, टोल र इकाईमा संगठित गर्न, ’एक कमिटी एक उत्पादन इकाई’को अवधारणामा काम गर्न र पार्टीका सबै तहमा आर्थिक उत्पादन अभियानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

त्यस्तै, सर्कुलरले पार्टीभित्र देखिएका गुट र स्वार्थ समूहलाई तत्काल विघटन गर्न र पार्टीको आधिकारिक नीति तथा निर्णयविरुद्ध सामाजिक सञ्जालमा गरिने प्रचारमाथि रोक लगाएको छ । यो निर्णयविपरीत गतिविधि गर्ने जो कोहीलाई अनुशासनको कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

सर्कुलरमा आगामी महाधिवेशनसम्मका लागि नवीन मूल्याङ्कन मापदण्ड र निर्वाचन विधिको प्रस्ताव तयार गर्न, आलोचना–आत्मालोचनाको अभ्यासलाई अघि बढाउन र सबै कमिटीका बैठक नियमित रूपमा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।


Facebook Comments