एमालेमा गएर ओलीको सेवा गर्न झलनाथलाई माधव नेपालको सुझाव


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमालेमा गएर अध्यक्ष केपी शर्मा ओलीको सेवा गर्न सुझाव दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले मिडियामा गएर पार्टीको विरोध गर्ने र विद्रोहको औचित्य नभएको भन्ने खनालको अभिव्यक्ति पार्टीको अनुशासनविपरीत रहेको बताए ।
उनले भने, ‘विद्रोह ठीक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि।’ उनले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र अभिव्यक्ति दिन निर्देशन दिए ।
उनले संविधान मिच्ने र संसद् विघटन गर्ने कार्यका कारण नै आफूहरूले एमालेबाट विद्रोह गरेको र कम्युनिस्ट आन्दोलनलाई जोगाएको दाबी पनि गरे ।
Facebook Comments