लहान नगरपालिकाको वडा नम्बर २ र ३ ले आफ्नै भवनबाट सुरु गरे सेवा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lahan-nagarpalika.jpg

सिरहा । लामो समयसम्म भाडाको घरबाट सेवा दिँदै आएका लहान नगरपालिका वडा नं. २ र ३ ले आजदेखि औपचारिक रूपमा आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेका छन् । नगरप्रमुख महेशप्रसाद चौधरीले दुवै वडाका नवनिर्मित कार्यालयको एकैसाथ आज उद्घाटन गरे ।

हालसम्म यी वडा कार्यालय लहानको मुख्य चोकस्थित ‘मटिहर्वा कम्लेक्स’ मा वडा नं। १, २ र ३ को संयुक्त सेवा केन्द्रबाट सञ्चालन हुँदै आएका थिए । नगरप्रमुख चौधरीका अनुसार आव २०८१/८२ मा छुट्याइएको रु ४२/४२ लाखको बजेटमा दुवै भवन निर्माण सम्पन्न गरिएको हो ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यहाँका २४ वडामध्ये अधिकांश वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु हुनु लहान नगरको समग्र विकासको सङ्केत भएको बताए । “वडाको सेवा भाडाका घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता क्रमशः हट्दै छ । अब आफ्नै कार्यालय भवनबाट सहज र प्रभावकारी रुपमा सेवा प्रवाह हुन्छ”, उनले भने, “वडासम्म जाने सडकको यसपालि नाला बन्छ, अर्को वर्ष सडक कालोपत्रे हुन्छ । त्यसका लागि आवश्यक बजेट नगरले पहिले नै विनियोजन गरिसकेको छ ।”

उनले आगामी दिनमा अन्य पाँच वटा वडा कार्यालय आफ्नै भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । वडा नं. ३ का अध्यक्ष रामदयाल महतोले भवन उद्घाटन कार्यक्रममा भने, “पहिला कामका लागि वडा नं। १ को कार्यालयमै जानुपथ्र्यो, जुन दुरीका हिसाबले टाढा थियो ।”

वडा नं.२ का अध्यक्ष सीयाराम यादवले आफ्नो वडामा अबदेखि सहज र व्यवस्थित सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै नगरपालिकाको सक्रियताप्रति आभार व्यक्त गरे ।


Facebook Comments