कैदीबन्दीबीच कुटाकुट हुँदा राणसंग्राम बन्यो कैलाली कारागार, एक जनाको मृ*त्यु, ४७ घाइते

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kailali-Jail.jpg

कैलाली ।  कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढी ४ का भरत चौधरी रहेका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए ।  

कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । घाइते भएका ४७ जना सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच कैदीबन्दीबीच झडप भएपछिको अवस्था बुझ्ना जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु कारागार पुगेका छन् । जेलको पछिल्लो अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पुगेका हुन् ।  


Facebook Comments