आर्यघाटमा श*वबाट मासु र हड्डी निकालेको आरोपमा एक ब्राह्मण पक्राउ


काठमाडौं । पशुपति आर्यघाटमा शव जलाउने क्रममा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक ब्राह्मण पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्तिलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुलदीप चन्दले बताए ।
काभ्रे, बनेपाका राम शाहीको शव जलाउने क्रममा ती ब्राह्मणले मासु र हड्डी निकालेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। ।
आफन्तले उनले ती अंगहरू बेच्ने गरेको आरोप लगाए पनि यसको पुष्टि हुने ठोस प्रमाण भने फेला नपरेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments