नारायणकाजी र झलनाथ खनालबीच भेटवार्ता, पार्टी एकताबारे छलफल


काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।
आज बिहान डल्लुस्थित खनाल निवासमा दुई नेताबीच वर्तमान राजनीतिक अवस्था र पार्टी एकताको सम्भावनाबारे छलफल भएको बताइएको छ । पछिल्लो समय श्रेष्ठले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेटेका थिए भने शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि छलफल गरेका थिए ।
त्यसअघि सक्रिय राजनीतिमा फर्किन तयार भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि नाराणकाजीले गोप्य रूपमा भेटवार्ता गरेको विषय सार्वजनिक भएको थियो ।
Facebook Comments