सांसदहरूले भने– ‘भूमि विधेयकको भाषा प्रस्ट पारियोस्, अन्यथा पारित नहोस्’

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal_KTM_RSS_25__DG_7752(2).jpeg

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पेस भएको ’भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’को प्रतिवेदनमा प्रयोग गरिएको भाषाप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

उनीहरूले विधेयकमा घुमाउरो र अस्पष्ट भाषा प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले विधेयकको भाषा थाहा हुने डरले हो की, दुविधायुक्त रहेको भन्दै यसलाई स्पष्ट पार्न माग गरे । उनले मन्त्रालयमा यस्तो ड्राफ्ट तयार हुनु नहुने तर्क गर्दै सबै एकै ठाउँ बसेर स्पष्ट भाषा तयार गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद रुपा शो.सी चौधरीले पनि विधेयकको ड्राफ्ट नै स्पष्ट नभएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अशोक चौधरीले त सांसदहरूले नै भाषा नबुझेपछि पछि कार्यान्वयनमा झन् समस्या आउने भन्दै प्रश्न उठाए ।


Facebook Comments