कञ्चनपुरको महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता


धनगढी । कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहोराले जानकारी दिए ।
आइतबार दिउँसो करिब १ः३० बजेतिर नदीमा नुहाउँदै गर्दा उनीहरू बेपत्ता भएका हुन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले अहिले उनीहरूको खोजी कार्य जारी राखेका छन् ।
Facebook Comments