विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल जाँदै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bipin-joshi.jpg

काठमाडौं । प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् ।

फ्लाइ दुबईमार्फत उनीहरू आज बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायलले विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई लैजान लागेको हो।  

नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो । ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ ।  

युद्ध सुरु भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो। त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन। उनको रिहाइका लागि नेपाल सरकारसहित अन्तर्राष्ट्रिय संघसंस्थाले दबाब बनाएपनि अहिलेसम्म सम्भव देखिएको छैन । 


Facebook Comments