इजरायली आक्रमणमा मा*रिए अल जजिराका ६ जना पत्रकार
No Author Assigned | २०८२ साउन २६ गते २२:३७
काठमाडौं । इजरायली सेनाले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले अल जजिराका पत्रकार अनस अल–शरीफलाई हमासको एउटा समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित गरी हत्या गरेको हो । गाजामा रहेका अर्का प्रमुख अल जजिरा पत्रकार मोहम्मद क्रेके पनि उक्त आक्रमणमा मारिएका छन् ।
‘गाजाका सबैभन्दा साहसी पत्रकारमध्येका अनस अल–शरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको कब्जा अघि उनीहरूको आवाज दबाउने हताश प्रयास हो,’ अल जजिराले आक्रमणपछि जारी गरेको विज्ञप्तिमा भनेको छ।
इजरायलले गाजा सिटीको पूर्वी भागमा पर्ने शिफा अस्पताल नजिकैको टेन्टमा आइतबार आक्रमण गरेको थियो । हत्या हुनु केही मिनेटअघि अल-शरीफले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि यो पागलपन अन्त्य भएन भने, गाजा भग्नावशेषमा परिणत हुनेछ, यहाँका जनताको आवाज बन्द हुनेछ, उनीहरूको अनुहार मेटिनेछ, र इतिहासले तपाईंहरूलाई त्यस्तो नरसंहारका मौन साक्षीको रूपमा सम्झिनेछ, जुन रोक्ने तपाईंले रोज्नुभएन।’
इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा अल शरिफ हमास सेलको प्रमुख भएको उल्लेख छ । अलजजिराले हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।
Facebook Comments