सप्तरीमा मोटरसाइकल र अटो रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृ*त्यु, दुई जना घाइते

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पत्ति घाइते भएका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीय अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

 सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।


Facebook Comments