अनुगमनपछि मानव अधिकारको टोलीले भन्यो–लामिछाने बस्ने कारागारभित्र आधारभूत सुविधाको अभाव छ

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने रहेको कारागारको अनुगमन गरेको छ ।
टोलीले लामिछाने बसेको रुपन्देही कारागारको अनुगमन गरेपछि कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको बताएको छ ।
कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको समेत आयोगलको टोलीले स्पष्ट पारेको छ । रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई ओटा पंखा रहेको आयोगकी प्रवक्ता लिली थापाले जानकारी दिइन् ।
उनले कारागारमा क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था समेत राम्रो नभएको जानकारी दिइन् ।
Facebook Comments