जिनियस स्कूलले सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई दियो छात्रवृत्ति

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-08-11 at 3.39.30 PM.jpeg

काठमाडौ‌ं। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित जिनियस स्कूलले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकासँगको सहकार्यमा नगरपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक विद्यालयका ४० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । 

कक्षा ३ सम्मका विद्यार्थीहरु ३० जना र कक्षा १० का विद्यार्थीहरु १० जनालाई स्टेशनरी, झोला, पोशाक र शुल्क वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन कुमार जोशीले बताए । उनले शिक्षामा सबैको सुनिश्चितता र समान पहुँचका लागि छात्रवृत्ति प्रदान गरिएको उल्लेख गरे ।

कार्यक्रमका अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले शिक्षामा सबै बालबालिकाको अधिकार भएको भन्दै शिक्षा पाउने अवसरबाट कसैलाई वञ्चित गर्नु नहुने धारणा राखे । उनले छात्रवृत्ति विद्यार्थीहरुलाई केवल पैसा दिने मात्रै नभई समावेशी शिक्षाको बाटो भएको बताए । उनले आफ्नो नगरभित्र कुनैपनि बालबालिकालाई गरिबीका कारण शिक्षाबाट बञ्चित नगराइने बताए ।

नगरपालिकाले आगामी वर्षदेखि थप विद्यालयहरूसँग सहकार्य गर्दै छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

कार्यक्रममा जिनियस स्कूलका प्रिन्सिपल शिरिष श्रेष्ठले सबैको सहयोग र सहकार्यबाट छात्रवृत्ति वितरण कार्यक्रम सफल भएको भन्दै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, वडा नं.८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ, शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेल, जिनियस स्कूल एम्बेसडर सिनियर क्याप्टेन विजय लामा लगायतको उपस्थिति रहेको थियो 


Facebook Comments