बिगो दाखिला गरेर रिहा हुन रविले गरेको निवेदन अदालतबाट अस्वीकार

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-1 daju.jpg

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो।  

बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए।

साथै उनले  आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि त्यही दिन निवेदनसँगै दाखिला गरेका थिए।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ। चैत २२ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने चैत २५ देखि जिल्ला कारागार कार्यालय भैरहवामा छन् । 


Facebook Comments