कैलाली कारागारको घटनापछि गृह तानिए सिडिओ


कैलाली । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ ।
मन्त्रालयले हमालको ठाउँमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको हो ।
गत साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकका कैदीबन्दीहरूबीच भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । सो घटनामा अन्य ४७ जना घाइते भएका थिए ।
घटनाको छानबिन र व्यवस्थापकीय कमजोरी देखिएपछि सिडिओ हमाललाई मन्त्रालय तानिएको बुझिएको छ । दाङमा भने हालसम्म नयाँ सिडिओ खटाइएको छैन ।
Facebook Comments