बागमती प्रदेशका ५ सचिवको सरुवा, को आउँदै छन् नयाँ ?


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार बागमती प्रदेश सरकारअन्तर्गतका ५ जना सचिवको सरुवा भएको छ ।
संघीय मन्त्रिपरिषद्ले ७२ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेसँगै बागमती प्रदेशका सचिवहरू पनि फेरिएका हुन् ।
सरुवा हुने सचिवहरूमा मुख्यमन्त्री कार्यालयका सचिव उदयबहादुर राना मगर, आर्थिक मामिलाका सचिव कृष्णप्रसाद मैनाली, सामाजिक विकासकी सचिव बिनु बज्राचार्य, भौतिक पूर्वाधारका सचिव अमृत श्रेष्ठ र खानेपानी ऊर्जाका सचिव मोहन शाक्य छन् ।
यी सचिवहरूको स्थानमा अन्य चार जना सहसचिवहरू बागमती प्रदेशमा आउने भएका छन् । जसमा पार्वती शर्मा, बलराम ढकाल, इन्द्रदेव भट्ट र इश्वरचन्द्र मरहठ्ठा रहेका छन् ।
Facebook Comments