आज ट्रम्प–पुटिनबीच अलास्कामा वार्ता हुँदै, सुरक्षा व्यवस्था कडा

No Author Assigned | २०८२ साउन ३० गते ०२:०६
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news878110..jpg

एजेन्सी। यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ । नेटोको प्रमुख सहयोग पाइरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुदैँछ । यो बैठक अघि अलास्का विश्वका सबैभन्दा ठूला दुई नेताको सुरक्षाका लागि युद्धपोत र पनडुब्बीले घेरिएको छ ।

 क्यानडा, चीन, अमेरिका र रुसका नौ सेनाले यहाँ घेराबन्दी सुरू गरेका छन् । यति मात्र होइन, अलास्काले स्याटेलाइटमार्फत पनि यसको नजिकबाट निगरानी गरिरहेको छ । चारै देशका पनडुब्बीहरूले समुन्द्रमा हुने हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । युद्धपोत र गस्ती गर्ने जहाजहरूको ठूलो संख्यामा हरेक घण्टा, हरेक मिनेट समुद्रको निगरानी गरिरहेको छ। 

आकाशमा गस्ती गर्ने विमानहरूले जमिन र समुद्रमा निरन्तर निगरानी राखिरहेका छन्। अलास्कामा हुन लागेको यस दशककै सबैभन्दा ठूलो बैठकका लागि यी चर्को सुरक्षा तयारी गरिएको छ ।

अगस्ट १५ मा अमेरिका र रुसका राष्ट्रपतिहरू अलास्का पुग्दैछन, जहाँ रूससँग युद्द लडिरहेको युक्रेनको भविष्य तय हुनेछ। सो भेट अघि ट्रम्पले युक्रेनले आफ्नो भुमी छाडेर भए पनि रूससँग शान्ति सम्झौताका लागि तयार हुनु पर्ने अभिव्यक्ति दिएका छन्, जसलाई जेलेन्स्कीले अस्विकार गरेका छन् । यो खतरनाक अभिव्यक्ति पछि जेलेन्स्की युरोपलाई आफ्नो पक्षमा उभ्याउन यतिखेर बुधवार जर्मन पुगेका थिए, उनले जर्मन चान्सलरबाट समर्थन पाइसकेका छन् ।
 


Facebook Comments