ट्रम्प–पुटिन वार्ताः ठोस उपलब्धी शुन्य, फेरि चाँडै भेट्ने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/trump-putin2.jpg
तस्बिरः एपी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता सम्पन्न भएको छ । अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा भएको वार्ता ठोस सम्झौताबिना सकिएको हो ।  

वार्तापछि ट्रम्पले सकारात्मक प्रगति भएको बताए भने पुटिनले रुसको सुरक्षा प्रमुख मुद्दा रहेको भन्दै आफ्नो अडान कायम रहेको संकेत गरे।  ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँ’ सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले अबको वार्ता मस्कोमा हुने बताए । उनले भने, ‘अर्को पटक मस्कोमा’। यसमा फेरि प्रतिक्रिया दिँदै ट्रम्पले भने,  ‘त्यसमा म केही आलोचना खान सक्छु‘ तर यो सम्भव पनि हुनसक्छ ।’ पुटिनको स्वागतमा ट्रम्पले रातो कार्पेट ओछ्याएका थिए । साथै पुटिनको विमानलाई अमेरिकी फाइटर जेटहरूले एस्कोर्ट गरेका थिए।  

उनीहरू मञ्चतर्फ लम्किँदै गर्दा टाउकोमाथिबाट एउटा बी–२ बमवर्षक विमान र अरु लडाकु जेट उडाइएको थियो। गत जुनमा सोही बमवर्षकबाट अमेरिकाले इरानका आणविक केन्द्रहरूमाथि आक्रमण गरेको थियो। यस शिखर वार्तामा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ ।
   


Facebook Comments