अछाममा करेन्ट लागेर एक जनाको मृ*त्यु, पाँच घाइते

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/curent.jpg

अछाम । अछाममा झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले  बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो । 

करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए । 

घाइते  बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय  बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र  रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ ।


Facebook Comments