रौतहटमा मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप, मेयरसहित तीन जना घाइते
No Author Assigned | २०८२ साउन ३१ गते ००:१५रौतहट । रौतहटमा श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।
झडपमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएका छन् । उनीहरूकाे गरुडास्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।
मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो। मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments