विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति


काठमाडौं । विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज इजरायली राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन् । सो क्रममा नेपाली राजदूत धनप्रसाद पण्डित पनि साथमा रहेका थिए ।
विपिनकी आमा र बहिनीले राष्ट्रपति हर्जगसँग भेट गरेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको भेटमा उनीहरुले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
सो अवसरमा राष्ट्रपति हर्जगले विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणका क्रममा अपहरणमा परेको विषय अब इजरायली पक्षका लागि पनि नौलो नभएको बताए । उनले विपिनलाई “इजरायलको आफ्नै नागरिकझैँ” मानिएको बताउँदै रिहाइका लागि निरन्तर प्रयास गरिरहेको स्पष्ट पारे।
साथै उनले नेपाल सरकारले पनि सम्बन्धित अरब मुलुकहरूसँग सक्रियतापूर्वक पहल गर्न सके थप सकारात्मक परिणाम आउन सक्ने बताए । यसै क्रममा, विपिनकी आमा र बहिनीले इजरायली संसद (केनेसट)का अध्यक्ष आमिर ओहानासँग पनि भेट गरेका छन् । भेटका क्रममा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिनआग्रह गरेको नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
Facebook Comments