सप्तरीमा पोखरीमा डुबेर २ जनाको मृ*त्यु

सप्तरी । घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्र्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन् । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरुले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments