अमेरिकामा ६ हजार बढी विदेशी विद्यार्थीको भिसा रद्द


काठमाडौं । अमेरिकाले कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका अनुसार भिसा रद्द हुनेहरु धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र आतंकवादलाई समर्थन गरेकाहरू छन् ।
६ हजारमध्ये ४ हजार जनाका भिसा कानुन तोडेका कारण रद्द गरिएको छ भने ‘आईएनए ३ बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’मा २०० देखि ३०० भिसा रद्द गरिएको छ । यो ट्रम्प प्रशासनको कडा आप्रवासन नीति अन्तर्गत विदेशी विद्यार्थीहरूलाई कडाइ गरिएको अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन। ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध पनि कारबाही गर्दै आएको छ ।
Facebook Comments