नेपाली कांग्रेसको पनि संसदीय दलको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । आज दिउँसो २ बजे बस्ने गरी संसदीय दलको आकस्मिक बैठक बोलाइएको हो।
बैठकको एजेण्डाबारे खुलाइएको छैन । तर उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी भइरहेको बुझिएको छ ।
नेकपा एमालेले पनि साढे १० बजे बस्ने गरी पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ ।
Facebook Comments