त्रियुगा खोलामा माछा मार्न गएका एक जना बेपत्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.gif

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमवार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा मार्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।

बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको सूचना अधिकारी दोङले बताए । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।


Facebook Comments