उपसभामुख हटाउने प्रस्ताव अघि बढाउने कांग्रेस–एमालेको तयारी, हस्ताक्षर संकलन गर्न सुरु

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/indira-rana-magar-ds-2023.jpg

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । उनीहरुले उपसभामुख रानाविरुद्ध महाअभियोगको प्रस्ताव अघि बढाउने तयारी थालेका हुन् ।

उपसभामुखलाई हटाउन दुवै दलका सांसदहरुलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर गराउन थालिएको छ । सांसदहरुलाई अहिले खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ । 

एमाले सांसदहरूलाई साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलाएको थियो । उनीहरुलाई दुई बजेसम्म हस्ताक्षर गर्नेगरी उपस्थित हुन् खबर गरिएको छ । एमालेका सांसदहरु अहिले भेला भइ हस्ताक्षर गरिरहेका छन् । 

यता कांग्रेसले पनि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा २ बजेसम्म आउन भनेको छ । सांसदहरु दलको कार्यालयमा भेला हुन थालेका छन् ।

उपसभामुख रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।


Facebook Comments