‘छायानाथ अल्ट्रा म्याराथन’ आयोजना गर्दै मुुगुम कार्मारोङ गाउँपालिका

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mugum karmarong.jpg

मुगु । मुगु जिल्लाको मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलो पटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । पालिकाले जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको हो । 

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार  प्रदान गरिने छ । प्रतियोगिताका लागि रु ३० लाख  विनियोजन गरिएको छ ।

४२.२ किलोमिटर  दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई  चार हजार ८२० मिटरसम्म हुनेछ । 


Facebook Comments