स्वास्थ्य समस्याका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli-sadan-1 wow.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि तय भएको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण संसद्मा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

यससँगै, आजको लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको छ ।


Facebook Comments