उपसभामुख पदको अवमूल्यन भएको रास्वपाको ठहर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ दलहरूको कदमको कडा आलोचना गरेको छ ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यो कार्यले उपसभामुख पदको अवमूल्यन भएको र लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।
उनले सत्तारुढ कांग्रेस र एमालेलाई ‘प्रहसन’ गरेको आरोप लगाउँदै सांसदहरूको विवेकमाथि हस्ताक्षरमार्फत बन्देज लगाउन खोजिएको बताए ।
परियारले रास्वपालाई निषेध गर्न खोजिएको भए पनि समाजले नयाँ शक्तिलाई निषेध गर्न नसक्ने जिकिर गरे ।
कार्यपालिकाले बारम्बार व्यवस्थापिकामाथि हस्तक्षेप गरिरहेको भन्दै उनले यस विषयमा टुलुटुलु हेरेर बस्न नसकिने बताए ।
Facebook Comments