जबर*जस्ती कर*णीको आरोपमा नगर प्रहरीका असइ पक्राउ

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

कञ्चनपुर । भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र बोहरालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

गत साउन ३० गते (शुक्रबार) एक ३२ वर्षीया महिलाले उनीविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पीडित महिलाको जाहेरीपछि नगर प्रहरी इन्चार्ज बोहरालाई नियन्त्रणमा लिएको हो ।

अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments