काठमाडौंसहित एक दर्जन बढी जिल्लाका सीडीओ फेरिए

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/home ministry.PNG

काठमाडौं । गृह मन्त्रालय तथा मन्त्रालय मातहतमा कार्यरत २० सहसचिव र २४ उपसचिवको सरुवा भएको छ । बुधबार गृह मन्त्रालयले काठमाडौंसहित जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । जस अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजालाई जिम्मेवारी पाएका छन् । 

यस्तै ललितपुरको प्रमुख जिल्ला अधिकारीमा सुमन घिमिरेलाई जिम्मेवारी दिइएको छ भने मन्त्रालयको जगेडामा रहेका नवराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, बारा, पर्सा, दाङ, सिरहामा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। 


 

 


Facebook Comments