आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/victims-terrorism-banner.jpg

काठमाडौं । आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । आतंकवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न मुलुकमा आतंकवादका पीडितहरुको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ । घृणित विचारधारा फैलाउने आतंकवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतंकवादको अन्तरराष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति संघर्ष गरिरहेका छन् ।


Facebook Comments