लिपुलेकबारे डा. भट्टराई भन्छन्– भारत र चीनबीचको सहमति नेपाललाई मान्य हुँदैन


काठमाडौं । नेकपा एमालेका नेता एवम् परराष्ट्र विज्ञ डा. राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोमा आपत्ति जनाएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले नेपाली भूभागको मामिलामा नेपालकै सहमतिबिना गरिने सम्झौता मान्य नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाली भूभागको मामिला नेपालको सहमतबिना गरिने सहमति वा सम्झौता मान्य हुन सक्दैन । यो सार्वभौम सच्चाइ हो ।’
चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको थियो ।
Facebook Comments