सर्वोच्चको फैसलापछि काठमाडौं महानगरले घर बहाल कर आफैं उठाउने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ktm_iGtbOjlmQO.jpg

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको पक्षमा फैसला गरेपछि काठमाडौं महानगरपालिकाले अब घर बहाल कर (संस्थागत समेत) आफैं सङ्कलन गर्ने भएको छ ।

महानगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न परिपत्र पठाएको छ ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको भए पनि विगतमा सरकारले संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने व्यवस्था गरेपछि विवाद उत्पन्न भएको थियो ।

यही विवादमा विराटनगर महानगरपालिकाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले जेठ २० गते स्थानीय तहको अधिकारको पक्षमा परमादेश जारी गरेको थियो ।

सोही फैसलालाई आधार मान्दै काठमाडौं महानगरपालिकाले वडा कार्यालयहरूलाई पत्र पठाएर करदाताहरूले तिर्नुपर्ने बहाल कर अब सम्बन्धित वडा कार्यालयमा नै बुझाउन निर्देशन दिएको छ ।

यस निर्णयसँगै अब महानगरभित्रका सम्पूर्ण घरधनी तथा संस्थाहरूले वडा कार्यालयमा नै कर तिर्नुपर्नेछ ।


Facebook Comments