छल्दी खोलाले बगाएर एक पुरुषको मृ*त्यु


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा छल्दी खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार, मृत्यु हुनेमा इस्मा गाउँपालिका–१ राहलेका ५३ वर्षीय मानबहादुर कुमाल रहेका छन् ।
बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमालको शव शुक्रबार बिहान खोला किनारमा फेला परेको थियो । स्थानीय माछा मार्न गएका व्यक्तिले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि तम्घास पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments