शिक्षक महासंघले गर्‍यो आन्दोलन घोषणा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sikahsk mahasang.jpg

काठमाडौं । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पहिलो चरणअन्तर्गत, महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

यस्तै, भदौ ११ देखि २० गतेसम्म विभिन्न राजनीतिक पार्टीका केन्द्रीय कार्यालयमा २ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ । 

सोही अवधिमा भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा पनि धर्ना र ध्यानाकर्षण पत्र बुझाइनेछ ।

यदि माग सम्बोधन नभए भदौ २१ गते थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने महासंघले चेतावनी दिएको छ ।


Facebook Comments