पौने २ करोडको अवैध भेपसहित १ जना पक्राउ

User Image मेयरसाप डेस्क | ५८ मिनेट अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Pakrau-11676656118 fgdff.jpg

रूपन्देही । रूपन्देहीमा प्रहरीले राजस्व छली गरी ल्याइएको पौने २ करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित एक जना चालकलाई पक्राउ गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा जाँचका क्रममा लु. २ च ६३०३ नम्बरको पिकअप जीपबाट अवैध भेप बरामद गरिएको हो ।

जीपका चालक, ३० वर्षीय नारायण अग्रहरी बनियाँ, सामान पुर्याउने भरिया मात्रै भएको र उनले आफूलाई १५ सय रुपैयाँ भाडा दिने मात्र जानकारी रहेको बताएका छन् ।

प्रहरीका अनुसार, बरामद गरिएको सामानमा विभिन्न कम्पनीका भेप, फ्लेभर, र प्याकेजिङका सामग्रीहरू छन्, जसको कुल मूल्य १ करोड ७१ लाख २५ हजार रुपैयाँ रहेको छ ।

बरामद गरिएका सामान, गाडी र चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।


Facebook Comments