सामाजिक सञ्जाल र मिडियाको नियमन गर्न विधेयक ल्याउँदैछौँ : मन्त्री गुरुङ


गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा भइरहेको अराजकता नियन्त्रण गर्न सरकारले ‘सामाजिक सञ्जाल प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक’ ल्याउन लागेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले यो विधेयक नियन्त्रणका लागि नभई नियमनका लागि ल्याइएको स्पष्ट पारे ।
मन्त्री गुरुङले राष्ट्रियता र राष्ट्रिय एकता विरोधी गतिविधि तथा ‘साइबर क्राइम’ नियन्त्रण गर्न कानुनी आधार आवश्यक भएको बताए ।
गुरुङले नौ–दश महिनाको अवधिमा मात्रै साइबर क्राइमसम्बन्धी १९ हजारभन्दा बढी उजुरी परेको जानकारी दिँदै विद्यमान कानुन अपर्याप्त रहेको औंल्याए ।
यस्तै, उनले प्रेस काउन्सिल विधेयकलाई प्रतिस्थापन गरी ‘मिडिया काउन्सिल विधेयक’ ल्याउने तयारी भएको र यसले सबै किसिमका मिडियालाई नियमन गर्ने बताए ।
Facebook Comments