श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ


एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
उनीमाथि सन् २०२३ मा न्यूयोर्कबाट फर्कँदा निजी कामका लागि लन्डनमा बस्दा भएको खर्च सरकारी कोषबाट व्यहोरेको आरोप छ ।
यद्यपि, उनले भने आरोप अस्वीकार गर्दै लन्डनमा सरकारी बैठकहरूमा सहभागी भएको दाबी गरेका छन् ।
सन् २०२२ देखि २०२४ सम्म राष्ट्रपति रहेका विक्रमसिंघेलाई आज राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिनेछ ।
Facebook Comments