नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

User Image मेयरसाप डेस्क | ४६ मिनेट अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM_U3A9939.jpg

काठमाडौं । ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकले यो विधेयक पारित गर्नका लागि प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथिको छलफलपछि गृहमन्त्री लेखकले सांसदहरूका जिज्ञासाहरूको जवाफ दिएका थिए । 

उनले संसद्ले विधेयकलाई ’उन्नत, व्यावहारिक र पारदर्शी’ बनाएको बताए । यस विधेयकमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था राखिएको छ, जुन महत्त्वपूर्ण प्रावधान मानिएको छ ।


Facebook Comments