तनहुँमा दूध उत्पादन बढ्दा किसानलाई अनुदानको फाइदा


तनहुँ । गत आर्थिक वर्ष २०८१\८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख रबिनसन अधिकारीका अनुसार, अघिल्लो वर्षको तुलनामा दूध उत्पादन बढेर ३८ लाख ६७० मेट्रिक टन पुगेको छ ।
उत्पादन बढेको प्रमुख कारण प्रतिलिटर ३ रुपैयाँका दरले किसानलाई दिइने अनुदान रहेको अधिकारीले बताए । यस अनुदानले गर्दा पशुपालन व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढेको छ । गत वर्ष दुधालु गाईको संख्या १३,६३८ र भैंसीको संख्या २१,२४२ पुगेको थियो ।
जिल्लाका ११ सहकारी संस्था मार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिक टन दूध बिक्री भएको र यसमा ९७ लाख ४१ हजार ५३४ रुपैयाँ अनुदान खर्च भएको छ ।
वरिष्ठ मत्स्य विकास अधिकारी अधिकारीका अनुसार, तनहुँ अहिले दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाहिरी जिल्लामा समेत निर्यात गर्न थालेको छ । जिल्लाको कुल ५६ प्रतिशत घरधुरी पशुपालनमा संलग्न रहेको तथ्यांक छ ।
Facebook Comments