टेम्केमैयुङमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र सञ्चालनमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad444c54c84.JPG

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा करिब ३ करोड २१ लाख रुपैयाँको लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण भएको छ । 

आर्थिक करिडोर पाख्रीबास द्वारा निर्मित यो भवनमा आधुनिक प्रयोगशाला, उपकरण र सम्पूर्ण सुविधासहितका कार्यकक्षहरू रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार, यस केन्द्रले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्याउनेछ । आधुनिक उपकरणले रोग नियन्त्रण र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ । 

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवनले किसानहरूको आर्थिक उन्नतिमा सहयोग पुग्ने र कृषि तथा पशुपालन क्षेत्रमा देखिने रोगहरूको अनुसन्धान र उपचारमा सहजता ल्याउने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशुका लागि छुट्टाछुट्टै प्रयोगशाला भएकाले रोग र कीराको पहिचान गर्न सजिलो हुने बताए । यसले भविष्यमा कुनै पनि महामारीको अवस्थामा तत्काल कदम चाल्न सहयोग पुग्ने उनको भनाइ छ ।

आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा. इन्द्रनारायण शाहले भवन अपाङ्गमैत्री रहेको र यसले स्थानीय किसानहरूलाई अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा राखेको बताए ।


Facebook Comments