सरकारलाई शेखरको प्रश्न– भाषणमा मात्रै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर हुन्छ?


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानहरूको आन्दोलनलाई ‘अत्यन्त दुःखद स्थिति’ भन्दै उनीहरूको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै डा. कोइरालाले किसानहरूले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पूरा गरौं ।’ कोइरालाले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको भन्दै विभिन्न प्रश्नहरू उठाएका छन् ।
उनले खेतीको बेलामा मल नपाउने, दूध सडकमा फाल्नुपर्ने र उखु किसानले अनुदान कटौतीको मार खेप्नुपर्ने अवस्थाले कसरी देश खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ भन्ने प्रश्न गरेका छन् ।
उनको थप प्रश्न छ, ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र?’
Facebook Comments