पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानबारे छलफल


काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा आज अर्थ मन्त्रालयमा महत्त्वपूर्ण छलफल भएको छ ।
उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यभार कम गर्न तथा दुवै नयाँ विमानस्थलमा नियमित उडानका लागि आवश्यक उपाय र कार्ययोजनाबारे बैठकमा छलफल भएको हो ।
छलफलमा अर्थमन्त्री पौडेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायतका पदाधिकारीहरूको सहभागिता थियो ।
Facebook Comments