वीरगञ्जका विद्यालय थप ३ दिन बन्द, शिक्षक र कर्मचारी हैजा नियन्त्रणमा अनिवार्य खटिनुपर्ने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/birganja.jpg

पर्सा । हैजाको प्रकोप फैलिएपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालयहरू बन्द गर्ने भएको छ । थप संक्रमणबाट जोगिन महानगरको आज बसेको बैठकले ११ गतेदेखि १३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मंगलबार एक सूचना जारी गर्दै महानगरले सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

यसअघि महानगरले आइतबार र सोमबार विद्यालय बन्द गर्न आह्वान गरेको थियो । यसैबीच वीरगञ्ज महानगरले हैजा नियन्त्रणका लागि शिक्षक र कर्मचारीलाई परिचालन गर्ने भएको छ। 

महानगरपालिकाले नगरभित्रका सबै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन अभियानमा अनिवार्य रुपमा लाग्न निर्देशन दिएको हो।

हैजा नियन्त्रणमा खटिने टोलीले पोष्टर, पम्प्लेट र अन्य सामाग्रीसहित जानुपर्ने र त्यससम्बन्धी सामग्री महानगरको शैक्षिक प्रशासन महाशाखाबाट प्राप्त गर्न सक्ने जानकारीसमेत गराइएको छ। 

 


Facebook Comments