कांग्रेसको १५औं महाधिवेशन दसैँपछि टुंगो लाग्छ : महामन्त्री थापा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b025539a729.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनको मिति दसैँपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले टुङ्गो लगाउने बताएका छन् ।

सर्लाही जाने क्रममा जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको विधान अनुसार २०८३ मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने दाबी गरे ।

महामन्त्री थापाले पार्टीलाई सुदृढ बनाउन सङ्गठन विस्तारमा जोड दिइने र जनताका समस्या समाधानमा पहल गरिने बताए ।

उनले सरकारमा सहभागी सबै दललाई समेटेर अघि बढ्न आवश्यक रहेको र अहिले नै सरकार परिवर्तन नहुने स्पष्ट पारे ।


Facebook Comments