आयातित उपभोग्य वस्तुको परीक्षणपछि मात्र बजारमा पठाउँछौं : मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तुहरू नेपालका प्रयोगशालामा परीक्षण गरिएपछि मात्र बजारमा उपलब्ध गराइने बताएका छन् ।
उद्योग मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित ‘लगानी तथा विकास सम्मेलन’ सम्बन्धी एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले जनस्वास्थ्यलाई ध्यानमा राखेर यो कदम चालिएको स्पष्ट पारे ।
मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रम अन्तर्गत नेपाली वस्तुहरूको दोस्रो ठूलो निर्यात गन्तव्य अमेरिकामा ७७ वस्तुका लागि शून्य भन्सार सुविधामा निर्यात गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले नेपाली गलैँचा र पश्मिनाजस्ता उत्पादनहरू नेपालको पहिचान भएकाले यस्ता उद्योगहरूको संरक्षण र उत्पादन बढाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले नेपालभित्र पनि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार उद्योग र कलकारखाना स्थापना गरिने बताए ।
Facebook Comments