आज प्रतिनिधि सभा बैठकबाट भुमी सम्बन्धी विधेयक पारित हुँदै
मेयरसाप डेस्क
|
२०८२ भदौ १३ गते २०:३७
काठमाडौं। प्रतिनिधि सभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन् ।
भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भुमी सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक माथी छलफल गरियोस्’ र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
Facebook Comments