सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, बाटो खुलाउने प्रयास हुँदै


काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।
Facebook Comments